नथन लायन बने टेस्ट क्रिकेटमा ५ सय विकेट लिने आठौँ खेलाडी
काठमाडौँ- अस्ट्रेलियन बलर नथन लायनले टेस्ट क्रिकेटमा ५ सय विकेट पूरा गरेका छन् । टेस्ट क्रिकेटमा ५ सय विकेट लिने लायन आठौँ खेलाडी बनेका छन् ।
यसअघि श्रीलंकाका पूर्व क्रिकेटर मुथैया मुरलिथरनले ८ सय विकेट, अस्ट्रेलियाकै शेन वार्नले ७ सय ८ विकेट, इंग्ल्यान्डका जेम्स एन्डरसनले ६ सय ९० विकेट, भारतका अनिल कुम्बलेले ६ सय १९ विकेट, इंग्ल्यान्डका स्टुआर्ट ब्रोडले ६ सय ४ विकेट, अस्ट्रेलियाकै ग्लेन म्याकग्राथले ५ सय ६३ तथा वेस्ट इन्डिजका कर्टनी वाल्सले ५ सय १९ विकेट लिएका थिए ।
लायनले भने ५ सय विकेट पूरा गर्दा अस्ट्रेलियाले भने पाकिस्तानविरुद्धको पहिलो टेस्ट क्रिकेटमा ५ विकेट हात पारे । उनले पहिलो इनिङ्समा ३ तथा दोस्रो इनिङ्समा २ विकेट लिएका थिए ।
अस्ट्रेलियाले पाकिस्तानलाई पहिलो टेस्टमा ३ सय ६० रनले पराजित गरेको हो । उक्त खेलमा ५ विकेट लिएसँगै लायनले टेस्ट क्रिकेटमा ५ सय १ विकेट पूरा गरेका छन् ।
३६ वर्षीय लायनले १ सय २३ टेस्ट खेलमा ५ सय विकेट पूरा गरेका हुन् ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया