चितवन पर्यटन तथा हात्ती महोत्सवको तयारी पूरा

काठमाडौँ- पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १७ औँ संस्करणको ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ को तयारी पूरा भएको छ ।
विगत केही वर्षदेखि कोभिड-१९ का कारण रोकिएको महोत्सव पुस १० देखि १४ गतेसम्म हुँदैछ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको १७ औँ संस्करणको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले बताए । सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै संयोजक पाण्डेले हात्ती महोत्सवका लागि आवश्यक व्यवस्थापनको काम सकिएको बताए ।
उनका अनुसार महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बिटुबी सहमति, सांस्कृतिक झाँकीलगायत कार्यक्रम रहेको छ । महोत्सवबाट अन्तर्राष्ट्रिय स्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवर्द्धन हुनेछ ।
संयोजक पाण्डेले चितवन सौराहामा हात्तीबिनाको पर्यटन अधुरो हुने जिकिर गरे । उनले चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रूपमा चिनारी गराउन समेत महोत्सवले टेवा पुग्ने बताए । उनका अनुसार महोत्सवमा कृषि पर्यटनसँगै जोडिएका वस्तु र थारू खानाहरूसहितको स्टलहरू राखिने छन् । उनले महोत्सवमा करिब १ करोड बराबरको खर्च हुने बताए ।
महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने भएको छ । पर्यटक आकर्षण गर्न हात्तीसम्बन्धी गतिविधि र हात्तीको महत्वले नै चितवनमा धेरै पर्यटक आउने गरेका छन् ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया