सुपर लिग : आज काठमाडौँ रेजर्स र ललितपुर सिटी भिड्दै

काठमाडौँ- जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको इलिमिनेटर खेल आज लिग चरणमा तेस्रो भएको काठमाडौँ रेजर्स र चौथो भएको ललितपुर सिटीबीच हुँदै छ । यो खेल आज साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुनेछ ।
यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिम पोखरा ठण्डर्ससँग खेल्ने छ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल आगामी बिहीबार हुनेछ ।
जारी एनएसएलको पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरा ठण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । लिग चरणका खेलहरू सकिएपछि अब शीर्ष चार क्लब प्लेअफमा पुगेका छन् । जसमा पोखरा ठण्डर्स १५ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको हो ।
त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्स १२ अंकसहित तेस्रो हुदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुँदै प्लेअफमा छनौट भएको हो ।
त्यस्तै झापा एफसी र बुटवल लुम्बिनीले १०–१० अंक हासिल गरेपनि गोल अन्तरको आधारमा पाँचौं र छैटौं भएपछि प्लेअफमा पुग्न असफल भएका छन् ।
त्यसैगरी एफसी चितवनले ९ अंक हासिल गरि सातौँ, वीरगञ्ज युनाइटेड र स्पोर्टिंग इलामले ८/८ अंक हासिल गरि आठौँ र नवौं स्थान हासिल गरेका छन् । त्यस्तै दोस्रो क्वालिफायर बिहीबार हुँदैछ । त्यस्तै यस सिजनको फाइनल खेल भने शनिबार हुँदैछ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया