न्यूक्यासलमाथि नोट्टीङघमको सानदार जित

काठमाडौँ - ईङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फोरेस्टले न्यूक्यासल युनाइटेडमाथि सानदार जित हासिल गरेको छ ।
मंगलबार राति सम्पन्न खेलमा नोट्टीङघमले न्यूक्यासललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
नोट्टीङघमको जितमा क्रिस वूडले ह्याट्रिक गरेका थिए । उनले खेलको ४५औं, ५३ र ६०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । त्यसैगरी न्यूक्यासलका लागि एक गोल एलेक्जेन्डर इसाकले खेलको २३औं मिनेटमा फर्काएका थिए ।
नोट्टीङघमको यो यस सिजनमा चौथो जित हो । यो जितपछि १९ खेलमा नोट्टीङघमको १७ अंक भएको छ र लिगमा १६औं स्थानमा उक्लिएको छ ।
त्यसैगरी न्यूक्यासलको भने यस सिजनमा यो आठौँ हार हो । यो हारपछि न्यूक्यासलको १९ खेलमा २९ अंक रहेको छ र लिगमा सातौँ स्थानमा रहेको छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया