युरो २०२० टिम परिचय : कम आँकिएको नेदरल्यान्ड्स

काठमाडौँ : हाम्रो जीवनमा कोभिड-१९ प्रवेश नगरेको भए, युरो सन् २०२० मै हुने थियो । तर कोभिड-१९ महमारीले विश्व आक्रान्त हुँदा युरोपको सर्वोच्च फुटबल प्रतियोगिता पनि सर्यो । नयाँ मिति अनुसार युरो ११ जुन देखि ११ जुलाईमा आयोजना हुँदैछ । कुल २४ टिमले भाग लिने युरो युरोपका ११ सहरमा खेलाइने छ ।
युरोको मिति परिवर्तन हुँदा के कस्तो असर पर्यो, व्याख्या आ-आफ्नो होला । यस्तोमा दी नेदरल्यान्ड्सले एक हदसम्म राहतको सास फेर्यो । घुँडाको चोटका कारण लामो समय मैदान बाहिर रहेका टिमका मुख्य फरवार्ड मेम्फिस डिपेले फिट हुने समय पाए पाए । तर डच कप्तान भर्जिल भान डाइक भने टिममा फर्कन सकेनन् । लिभरपुलका रक्षक भान डाइक पनि घुँडाकै चोटले करिब गत अक्टाबर देखि मैदान बाहिर छन् । उनको ‘रिह्याबिलेसन’ चलिरहेको छ । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनका लागि भान डाइक तयार हुनेछन् । तर युरोमा भने उनलाई देखिने छैन ।
भान डाइकको अनुपस्थिती डच टिममा खड्किनेछ । किनभने उनी भरपर्दा रक्षक मात्रै होइनन्, प्रभावशाली नेतृत्वकर्ता पनि हुन् । भान डाइक बाहेक चोट बोक्ने अर्का डच रक्षकमा डेली ब्लाइन्ड पनि हुन् । तर उनी युरोका लागि उपलब्ध छन् । यद्यपि उनले साविकको लय देखाउन सक्छन् वा सक्दैनन्, यो यक्ष प्रश्न हो । उसो त डच टिममा प्रशिक्षक पनि परिवर्तन भए । बार्सिलानो लागेका रोनाल्ड कुमनको स्थानमा फ्रान्क डे बोर आइपुगे । जसका अगाडि डच टिमलाई युरोपको बलियो शक्तिका रुपमा पुनः स्थापित गर्ने चुनौति छ । अनि नेदरल्यान्ड्सलाई युरोमा नेतृत्व गर्न आफू सक्षम रहेको सन्देश पनि दिनु छ ।
युरो छनौट खेल्दा नेदरल्यान्ड्सले सधैँ अपेक्षाकृत खेल देखाउन सकेन । विशेषगरी इस्टोनिया, बेलारुस र उत्तरी आयरल्यान्ड जस्ता कमजोर मानिएका टिमविरुद्ध नेदरल्यान्ड्सले आफ्नो स्तर अनुसारको खेलेन । तर बलियो जर्मनीलाई भने कुमन नेतृत्वको नेदरल्यान्ड्सले ४-२ ले हरायो । त्यो पनि जर्मनीकै मैदानमा । बलियो जर्मन टिमलाई पराजित गरेपछि डच खेलाडी आत्मविश्वासी देखिए ।
जर्मनीविरुद्धको जितमा भान डाइक, माथ्थिस डे लिट, फ्रान्की डे योङ, मार्टेन डे रुन, जर्जियो वाइनाल्डम र डिपेको प्रदर्शन उत्कृष्ट थियो । त्यस खेल दौरान डच टिमले ४-२-१-३ र ५-३-२ को संरचना प्रयोग गर्यो । रक्षात्मक परिस्थति र आक्रमणमा बुन्दा, डच टिमले फरक फरक संरचानामा खेल्यो । हालका प्रशिक्षक डे बोर पनि आफ्नो टिमले खेल दौरान संरचना परिवर्तन गरिरहोस भन्ने चाहन्छन् ।
फ्रेन्की असाधारण खेलाडी हुन् । कतिपयले उनलाई योहान कु्रफसँग पनि दाज्छन् । खेल शैलीका कारण । फ्रेन्कीको जीवनशैली असाध्यै सरल छ । अन्य खेलाडीले जस्तो ट्याटु खोपेका छैनन् । न त उनीसँग महंगा गाडी नै छन् । खेल र जीवनशैलीका कारण फ्रेन्की नेदरल्यान्ड्समा सर्वाधिक मन पराइने खेलाडी हुन् ।
कुमनले नेदरल्यान्ड्सको प्रशिक्षक पद त्याग गर्नुअघि भनेका थिए, ‘डच टिम युरो उपाधिको दाबेदार होइन’। डे बोर कुमनको भनाइमा सहमत छन् । उनका अनुसार युरोमा नेदरल्यान्ड्स भन्दा कमसेकम चार टिम बलिया रहनेछन् । ‘तर फेरि पनि हाम्रो लक्ष्य उपाधि जित्ने नै हो,’ डे बोर भन्छन् । उता डिपे पनि आफ्नो टिमलाई लिएर आत्मविश्वासी छन् । ‘हाम्रो टिममा प्रतिभाशाली खेलाडीको कमी छैन् । बस् मेहेनत चाँहि गरिरहनु पर्छ । गल्ती सुर्धादै जानुपर्छ,’ डिपे भन्छन् ।
नेदरल्यान्ड्सका प्रशिक्षक डे बोरका लागि युरो नयाँ प्रतियोगिता होइन । उनले डच टिमलाई यसअघि युरोको सेमिफाइनलसम्म डोर्याएका थिए । तर कप्तानका रुपमा । सेमिफाइनलमा नेदरल्यान्ड्स इटालीसँग भिडेको थियो । उनै डे बोर दुई पटक पेनाल्टीमा चुकेपछि इटालीले फाइनलको यात्रा तय गर्यो ।
डे बोर प्रशिक्षकका रुपमा क्लब फुटबलमा असफल रहे भन्दा फरक पर्दैन । उनी इन्टर मिलान र क्रिस्टल प्यालेसमा बर्खास्तीमा परे । इंग्लिस क्लब प्यालेसमा त ७७ दिन मात्रै टिके । त्यहीबेला हो जोसे मौउरिन्होको विवास्पद अभिब्यक्ति आएको । मौउरिन्होले भनेका थिए, ‘डे बोर प्रिमियर लिग इतिहासकै सर्वाधिक खराब प्रशिक्षक हुन् ।’
डे बोरको जवाफ थियो, ‘इन्टर र प्यालेसमा म असफल भए । त्यसकारण मौरिन्होले त्यस प्रकारको टिप्पणी गर्न सक्छन् । तर मलाई लााग्छ मौउरिन्हो पनि कुनै क्लबमा असफल हुन सक्छन्,’ मौउरिन्हो टोटनहममा असफल भए । न त डे बोर नै नयाँ क्लबमा सफल भए । अमेरिकी क्लब एटलान्टामा डे बोरले लिग जित्न सकेनन् । एक समयमा उनको र क्लब समर्थकबीच नै विवाद भयो । जसका कारण डच प्रशिक्षकले माफी माग्नु पर्यो ।
क्लब फुटबलमा डे बोर सफल भएको आयाक्समा मात्रै हो । आयाक्सलाई उनले चार पटक लिग च्याम्पियन बनाए । तर अन्य क्लबमा उनको बसाइ सुखद रहेन । बरु उनको प्रशिक्षण क्षमतामाथि नै प्रश्न उठ्न थाल्यो । यस्तोमा डे बोरका लागि युरो आफूलाई प्रमाणित गर्ने मौका हो ।
फ्रेन्की डे योङ
डच फुटबलमा डे योङ चर्चित थर हो । त्यहाँ बारम्बार डे योङ थर भएका खेलाडी स्टारका रुपमा उदाएका छन् । तीमध्ये फ्रेन्की डे योङ पनि एक हुन् । उनलाई फुटबल कमेन्टेटरहरू डे योङ भन्दा पनि फ्रेन्कीकै नामले बोलाउने गर्छन् ।
किनभने फ्रेन्की नाम गरेका फुटबलर नेदरल्यान्डसमा बिरलै भेटिन्छन् । जब की डे योङ डच फुटबलमा चलनचल्तीको थर हो । फ्रेन्की असाधारण खेलाडी हुन् । कतिपयले उनलाई योहान कु्रफसँग पनि दाज्छन् । खेल शैलीका कारण । फ्रेन्कीको जीवनशैली असाध्यै सरल छ । अन्य खेलाडीले जस्तो ट्याटु खोपेका छैनन् । न त उनीसँग महंगा गाडी नै छन् । खेल र जीवनशैलीका कारण फ्रेन्की नेदरल्यान्ड्समा सर्वाधिक मन पराइने खेलाडी हुन् ।
फ्रेन्की बाहेक अन्य खेलाडी पनि नेदरल्यान्ड्सका लागि निर्णायक साबित हुन सकछन् । ती मध्येका एक खेलाडी हुन्, वाउट वेघोस्ट । उनले भर्खरै सकिएको बुन्डेसलिगा २०२०/२१ सिजनमा २० लिग गोल गरे । उल्फसबर्गका स्ट्राइकर वेघोस्टले डिपेसैँ डच टिमको अग्रपंक्ति सम्हाल्ने अपेक्षा गरिएको छ । आयाक्सकायुवा रक्षक युरिएन टिम्बर, फियोनार्डकका अनुभवी फरवार्ड स्टिभन बर्गउइस, पीएसभीका डेन्जेल डमफ्राइज लगायतका खेलाडीले नेदरल्यान्ड्सलाई ‘टिम टु वाच’ बनाएका छन् ।
नेदरल्यान्ड्सको सम्भावित पहिलो एघार :
गोलरक्षक : मार्टेन स्टेकेलेनबर्ग
रक्षापंक्ति : डेन्जेल डमफ्राइज, स्टेफन डे भ्रिज, माथ्थिस डे लिट र डेली ब्लाइन्ड
मिडफिल्ड : जर्जियो वाइनाल्डम, फ्रेन्की डे योङ र डेभी क्लासेन
अग्रपंक्ति : स्टिभन बर्गउइस, मेम्फिस डिपे र डोनयेल मालेन
(दी गार्डियनबाट)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया