आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण

काठमाडौँ- सरकारले २०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।​

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गरेको हो । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको बताइन् ।

सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोकेको छ ।