सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

एफए कप : टोटेनहम चौँथोँ चरणमा प्रवेश

काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम एफए कपको चौँथोँ चरणमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा अर्को प्रिमियर लिग क्लब बर्नलीलाई १-० गोलअन्तरले पराजित गर्दै टोटेनहम अघिल्लो चरणमा प्रवेश गरेको हो ।

टोटेनहमको जितमा एकमात्र निर्णायक गोल पेड्रो पोरोले गरे । पेड्रोले खेलको ७८ औँ मिनेटमा गरेको गोलसँगै टोटेनहम चौँथोँ चरणमा प्रवेश गर्‍यो ।

यता फुलहमले रोदरहम युनाइटेडलाई १-० गोलअन्तरले पाखा लगाउँदै चौँथोँ चरणमा स्थान सुरक्षित गर्‍यो । फुलहमको जितमा डी कोर्डोभा-रेडले २४ औँ मिनेटमा निर्णायक गोल गरे ।