सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

रिभेलविरुद्ध पिएसजीको ९ गोल, एम्बाप्पेको ह्याट्रिक

काठमाडौँ- पिएसजी यस सिजनको फ्रेन्च कपको राउण्ड ३२ मा पुगेको छ ।

गएराति भएको खेलमा पिएसजीले रिभेललाई ९-० गोल अन्तरले पराजित गर्दै फ्रेन्च कपको अर्को चरणमा पुगेको हो ।

पिएसजीको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । त्यस्तै राण्डल कोलो मुआनीले २ गोल गरेका थिए भने मार्को असेन्सियो, गोन्कालो रामोस र चेर एनडोउरले एक-एक गोल गरेका थिए ।

यस खेलमा रिभेलका म्याक्सेन्सले एक आत्मघाती गोल गरेका थिए ।