हडर्सफिल्डको पोस्टमा म्यानचेस्टर सिटीको पाँच गोल, लिभरपुलसँग आर्सनल पराजित

काठमाडौँ- एफए कप फुटबलअन्तर्गत इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले हडर्सफिल्डमाथि शानदार जित हात पारेको छ ।
आइतबार राति एतिहाद स्टेडियममा भएको तेस्रो चरणको खेलमा सिटीले हडर्सफिल्डलाई ५-० गोलअन्तरले पराजित गर्यो । यससँगै सिटी एफए कपको चौँथोँ चरणमा प्रवेश गरेको छ ।
सिटीको जितमा फिल फोडेनले २ गोल गर्दा जुलियन अल्भारेज र जेरेमी डोकुले एक-एक गोल गरे । हडर्सफिल्डका बेन ज्याकसनले एक आत्मघाती गोल गरे ।
एफए कपअन्तर्गत नै लिभरपुलले आर्सनललाई २-० गोलअन्तरले पराजित गर्दै चौँथोँ चरणमा स्थान सुरक्षित गर्यो ।
लिभरपुलको जितमा लुइस डियाजले एक गोल गर्दा आर्सनलका जाकुब किविओरले एक आत्मघाती गोल गरे ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया