सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

साविक विजेता म्यानचेस्टर सिटीले एफए कपमा टोटेनहमविरुद्ध खेल्ने

काठमाडौँ- साविक विजेता म्यानचेस्टर सिटीले एफए कप फुटबल प्रतियोगिताको चौँथोँ चरणमा टोटेनहमको सामना गर्ने भएको छ ।

चौँथोँ चरणका लागि भएको 'ड्र' अनुसार प्रिमियर लिग क्लब सिटीले अर्को प्रिमियर लिग क्लब टोटेनहमको सामना गर्ने भएको हो ।

यता चेल्सीले एस्टन भिल्लाविरुद्ध खेल्ने तालिका रहेको छ । त्यसैगरी, न्यूकासलले फुलहमको सामना गर्ने छ ।

तेस्रो चरणमा आर्सनललाई पराजित गरेको लिभरपुलले भने नर्विच अथवा ब्रिस्टोल रोभर्सविरुद्ध खेल्ने तालिका छ ।