केएमसीले गर्यो डा. विशद दाहालको निलम्बन फिर्ता

काठमाडौँ- काठमाडौँ मेडिकल कलेजले रेजिडेन्ट डा. विशद दाहाललाई गरेको निलम्बन फिर्ता लिएको छ । कलेज प्रशासन र रेजिडेन्ट डाक्टरबीच बुधबार भएको ८ बुँदे सम्झौँता पछि निलम्बन फिर्ता लिएको हो ।
यस्तो छ सहमतिका बुँदा:
१. आगामी दिनमा हरेक २१२ महिनामा नियमित समीक्षा बैठक बसी आवासीय स्वास्थ्य शिविर (Stay Camp) तथा अन्य शिविरहरूमा भएगरेका र हुनसक्ने कमि कमजोरीहरूलाई क्रमश : सुधार गर्दै लगिने छ ।
२. काठमाडौँ मेडिकल कलेज प.लि.बाट स्थानीय स्तरमा आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरमा अर्को व्यवस्था नभएसम्म २ हप्तामा ३ पटक र Stay Camp बढीमा महिनामा १ पटक वा कलेज व्यवस्थापनले आवश्यक ठानेमा १ पटक थप गरी २ पटकसम्म आयोजना हुन सक्नेछ । शिविर संचालन हुने स्थानको दुरी तथा पहुच र आवश्यकताका आधारमा एक पटकको आवासीय स्वास्थ्य शिविर सामान्यतया १ (एक) हप्ता सम्मको हुन सक्नेछ । एक हप्ता भित्रमा विभिन्न ठाउंमा गरिने शिविरलाई एउटा Stay Camp का रुपमा गणना गरिनेछ।
३. गत २ वर्ष देखि सिन्धुपाल्चोक जिल्लाको सिपाघाटस्थित सामुदायिक अस्पतालमा आवासीय चिकित्सकहरू खटाइने गरिएकोमा अब उपरान्त खटाइने छैन ।
४. केएमसी सामुदायिक अस्पताल, दुवाकोटको ENT, Psychiatric, Ophthalmology and Dermatology विभागको Duty Roster लाई आवश्यकता अनुसार परिमार्जन गरिने छ ।
५. हामी तपशीलमा उल्लेखित ८१ जना आवासीय चिकित्सकहरुले अब उपरान्त कलेजले संचालन गरेको कुनै पनि स्वास्थ्य शिविरहरुमा सहभागि नहुने भनी मिति २०८०।०९।११ गते दिएको निवेदन यसै सहमतिद्वारा बदर हुने कुरामा हाम्रो पूर्ण सहमती रहेको छ । हामीले राजिखुसी आफ्नो | इच्छाले यस सम्झौता पत्रमा हस्ताक्षर गरेका छौं ।
६. मिति २०८०१०९।१२ गतेबाट यस मेडिकल कलेजमा उत्पन्न असहज परिस्थिति प्रति सम्पूर्ण आवासीय चिकित्सकले दुःख व्यक्त गर्दै आगामी दिनमा कलेजको उन्नयनका लागि सदैव एक हुने प्रण गर्दछौं ।
७. आवासीय चिकित्सकहरुले मिति २०६०।०९।१२ गतेबाट घोषणा गरेका सम्पूर्ण विरोधका कार्यक्रमहरु फिर्ता लिई आफ्नो नियमित अध्ययन तथा कामकाजमा फर्किनु पर्नेछ ।
८. कलेज प्रसासनले आवासीय चिकित्सक डा. विशद दाहाललाई मिति २०६०/०९/१२ गते बाट १९ एक महिनाका लागि पोष्टग्रेजुएट कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी गरिएको निलम्बन फिर्ता लिइनेछ ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया