एट्लेटिकोलाई हराउँदै रियल फाइनलमा

काठमाडौँ- रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ ।
गएराति भएको खेलमा एट्लेटिको मड्रिडलाई ५-३ गोल अन्तरले पराजित गर्दै रियल मड्रिड सुपर कपको फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै क्लबले ३-३ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा रियल मड्रिडले २ गोल थपेपछि खेल ५-३ ले जितेको थियो ।
रियल मड्रिडका लागि एन्टोनियो रुडीगेर, फेर्लान्ड मेन्डी, डानी कार्भाजल, जोसेलु र ब्राहिम डियाजले एक-एक गोल गरेका थिए ।
त्यसैगरी एट्लेटिको मड्रिडका लागि मारियो हेर्मोसो र एन्टोनियो ग्रीजम्यानले एक-एक गोल गरेका थिए भने एक गोल रियलका एन्टोनियो रुडीगेरले आत्मघाती गोल गरेका थिए ।
अब फाइनलमा रियल मड्रिडले बार्सिलोना र ओसासुनाबीचको विजेतासँग जनवरी १४ मा खेल्ने छ । बार्सिलोना र ओसासुनाबीचको सेमिफाइनल खेल आज राति हुँदैछ ।
स्पेनिस सुपर कोपा ला लिगाको विजेता र उपविजेता तथा कोपा डेल रेको विजेता र उपविजेता खेल्ने गर्दछन् । यस सिजनमा रियल मड्रिड कोपा विजेता र ला लिगाको उपविजेता भएकाले ला लिगाको तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले खेल्ने अवसर पाएको छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया