माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ व्यवस्था गर्दै

काठमाडौँ- स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेण्ट) प्रणाली लागू गर्ने भएको छ । बोर्डले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानीको व्यवस्था लागू गर्ने बताएको हो ।
सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक र सरोकारवालाहरुले जवाफदेही र सचेत भएर स्वास्थ्य सेवा दिन र दिनको लागि सह–भुक्तानी को’पेमेन्ट लागू गर्न बोर्डले अपिल समेत गरेको छ । बोर्डले प्रेषण सेवा सम्बन्धी व्यवस्था पनि लागू गरेको छ ।
दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमितलाई हाल १/१ महिनाका लागि दिइरहेको औषधि ३/३ महिनाका लागि दिने व्यवस्था समेत लागू गरिएको जानकारी बोर्डले दिएको छ । स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि,२०८० परिमार्जनसहित लागू गर्न लागिएको बाेर्डले पत्रकार सम्मेलनमा जानकारी दिएकाे हाे ।
दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमित नागरिकहरुलाई १/१ महिनाका लागि दिइरहेको औषधि ३/३ महिनाका लागि दिने व्यवस्था गर्न बाेर्डले आग्रह गरेकाे छ ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया