स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा मेरो विरोध हुने गरेको छ : मन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो विरोध हुने गरेको बताएका छन् ।
शुक्रबार वीर अस्पताल अस्पतालमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरूले विरोध गरेको बताएका हुन् ।
मन्त्री बस्नेतले वीर अस्पतालको खानाको सुविधा पनि बजेट अभावका कारण अर्थले कटौती गरेको भए पनि आफूले कटौती गरेको हल्ला चलाएको धारणा राखे । अक्सिजनको सिलिन्डरमा पनि आफूले अनियमितता गरेको भन्दै भ्रम फैलाएको उनले बताए ।
उनले आफ्नो बारेमा लागेका आरोप पुष्टि भए राजनीतिबाटै सन्यास लिने स्पष्ट पारे । वीर अस्पतालको सुधार गर्दा कसैले विरोध गरे त्यसको प्रतिकार गर्न आफू तयार रहेको उनले बताए ।
मन्त्री बस्नेतले जटिल रोगहरूका लागि विशेष उपचारको व्यवस्था गर्दै लैजाने बताए । सो अवसरमा मन्त्री बस्नेतले महिलाको स्तन क्यान्सर भए/नभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गरे । उक्त सेवाबाट ‘थ्रिडी टेक्नोलोजी’ सहित परीक्षणको नतिजा हेर्न सकिने अस्पतालले जनाएको छ ।

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समि…

प्रतिक्रिया