सामूहिक बलात्कारमा परेकी १४ वर्षीया बालिका प्रदेश अस्पताल रिफर

मुगु- सामूहिक बलात्कारमा परेकी मुगुको छायाँनाथ रारा नगरपालिका-१४ की बालिकालाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ ।
स्वास्थ्य सेवा कार्यालय गमगढी मुगुमा उपचार सम्भव नभएपछि अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) अन्तर्गत उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार बलात्कारमा परेकी बालिका यही पुस २० गते जिल्ला अस्पताल मुगुमा चेकजाँच गर्न आएकी थिइन् । अस्पतालमा उपचार सम्भव नभएपछि (ओसिएमसी) कार्यक्रम अन्तर्गत बालिकालाई पुस २३ गते प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुकी सिनियर अनमी रामदेवि केसिले बताइन् ।
बालिका अहिले प्रदेश अस्पतालको (ओसिएमसी) अन्तर्गत फाँटमा रहेकी छन् ।
छायाँनाथ रारा नगरपालिका-५ कार्कीवाडाका छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी ३० वर्षीय बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढी मुगुमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका-८ आँसिधाराका २२ वर्षीय बसन्त रोकाया र अन्य केही १४ वर्षका बालकले १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेका थिए ।
सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चा समेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्रबहादुर थापाले बताए ।
१४ वर्षका बालकहरूले गत १६ भदौमा आफूमाथि बलात्कार गरेका र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदमबहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयानमा बताएकी प्रहरीले जनाएको छ ।
पीडित बालिकाको भनाइ उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक थापाले भने, '१४ वर्षका किशोरहरूले गएको भदौ १६ गते बेलुका आफ्नो कोठामा भेट्न बोलाएपछि उनी सोही दिन बेलुका अन्दाजी ९ बजेको समयमा उनीहरूको गमगढीस्थित कोठामा भेट्न गएको र ६ जनाले जबरजस्ती करणी गरेको बताएकी छन् ।’
बलात्कारबाट पेट दुख्नेजस्ता समस्याहरू भएपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउँदा आफ्नो पेटमा गर्भ रहेको कुरा थाहा पाएको पीडित बालिकाले बताएकी छन् ।
नगर प्रहरीसहितले गरेको सामूहिक बलात्कारबारे पीडित बालिकाले प्रहरीलाई बयान दिएकी छन्, ‘असोज १० गते राति अन्दाजी ९ बजेको समयमा नगर प्रहरी बसन्तबहादुर कार्कीले आफू बस्ने डेरा बाहिर आई आफू एकछिन काम छ बाहिर आऊ त नानी भन्दै आफ्नो हात समाई आफूसँगै हिँड भनी कृषि विकास कार्यालयको भवनको एक कोठामा लगि उक्त कोठामा पुग्नासाथ नगर प्रहरी बसन्त कार्की, बसन्त रोकाया र पदमबहादुर कठायतले आफूलाई विभिन्न खालका प्रलोभन, डर त्रास देखाई पालैपालो बलात्कार गरेका बयान दिएकी छन् ।’ खड्क सुनार/न्युज कारखाना
र, यो पनि
मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारी नै आरोपित
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_fJxgks4Vig_ehhgwj5geep5zii4xw0m34pwuk2syka8m36x9e07jesn67gdzmbcgwybxrcj.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

प्रतिक्रिया