यति एयरलाइन्सले बंगलादेशबाट खरिद गरेको दुई वटा जहाज आउँदै

काठमाडौँ- यति एयरलाइन्सले दुई वटा विमान खरिद गर्ने भएको छ । आन्तरिक उडानतर्फ नियमित उडान भइरहेका ठाउँमा थप जहाजको संख्या बढाउन लागिएको यति एइरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
यति एयरलाइन्सले खरिद गर्न लागेको आगामी दुई साता भित्रमा जहाज नेपाल आइपुग्ने उनले बताए । उनका अनुसार बंगलादेशबाट नयाँ खरिद गर्न लागिएको हो । एयरलाइन्ससँग अहिले भएकै जस्तै नयाँ जहाज आइपुग्ने छ ।
‘नियमित उडान भइरहेको ठाउँमा उडान संख्या बढाउन लागिएको छ,’ बर्तौलाले भने,’ जहाजको संख्या घटेकाले जहाज थप्न खोजेको हो । व्यापार बिस्तार गर्नलाई मात्र जहाज थप्न लागेका छौ ।‘
हाल यति एइरलाइन्सको विभिन्न रुटमा उडान गर्नका लागि पाँच जहाजको संख्या रहेको छ । नयाँ खरिद गरेसँगै यति एयरलाइन्ससँग सात वटा जहाज पुग्ने भएको छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया