मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

वैकल्पिक उर्जामा लगानी बढाउँदै कतार

काठमाडौँ : कतार आफ्नो अर्थतन्त्र विविधिकरण गर्न लागिपरिरहेको कतारी राष्ट्रप्रमुख शेख तमिम बिन हमाद अल थानीले बताएका छन् । रुसमा आयोजित सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकनमिक फोरमलाई गत बिहीबार भर्चुअल माध्यबाट सम्बोधन गर्दै थानीले आफूहरुले विदेशी लगानीकर्ता तथा निजी क्षेत्रलाई स्वागत गरिरहेको पनि बताए ।

‘हामी कतारी अर्थतन्त्रलाई विविधिकरण गर्ने बाटोमा अघि बढेका छौ । त्यसका लागि विदेशी र निजी क्षेत्रबाट लगानी बढोस भन्‍ने चाहना हो । त्यसका लागि हामी उनीहरूलाई सहुलियत दिने कार्य गरिरहेका छौ । कतारी सरकारसँग मिलेर व्यापार गर्न चाहनेलाई पनि हामी स्वागत गरिरहेका छौ,’ खाडीको सानो तथा अन्तराष्ट्रिय राजनीतिमा प्रभावशाली मानिने मुलुकका प्रमुख थानीको भनाइ थियो ।

कतार आफैँ पेट्रोलियम पदार्थ तथा ग्यासमा धनी मुलुक भए पनि वैकल्पिक उर्जामा लगानी बढाइरहेको पनि थानीले बताए । ‘जलवायु परिवर्तन र वातावरणमा परिरहेको नकारात्मक प्रभावसँग लड्न पनि वैकल्पिक उर्जाको सहयोग चाहिन्छ । त्यसमा कतार प्रष्ट छ । त्यसकारण हामी त्यस क्षेत्रमा लगानी बढाइरहेका छौ,’ थानीको भनाइ थियो । 

सोही अवसरमा थानीले आफ्नो मुलुक र रुसको सम्बन्ध ऐतिहासिक रहेको र पछिल्लो वीस वर्षमा दुई मुलुक झन् नजिक रहेको पनि धारणा व्यक्त गरे । रुससँग विभिन्न क्षेत्रमा लगानी सहकार्य गरिरहेको र यो भविष्यमा पनि कायम रहने उनको भनाइ थियो । 


 

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस