आयोजक कतारसँगै ताजकिस्तान एसियन कप फुटबलको प्रि-क्वार्टरफाइनलमा

काठमाडौँ- आयोजक कतारसँगै ताजकिस्तान एएफसी एसियन कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
समूह 'ए' अन्तर्गत सोमबार राति सम्पन्न खेलमा कतारले चीन तथा ताजकिस्तानले लेवनानलाई पाखा लगाउँदै नकआउट चरणमा प्रवेश गरेका हुन् ।
समूह चरणको तेस्रो तथा अन्तिम खेलमा चीनलाई १-० गोलले पराजित गरेको कतारले ३ वटै खेल जित्दै ९ अंक जोड्यो । कतारलाई जित दिलाउन हसन अल हायदोसले निर्णायक गोल गरे ।
यता ताजकिस्तानले भने लेवनानलाई २-१ गोलअन्तरले पराजित गर्यो । ताजकिस्तानले ३ मध्ये एक खेलमा जित, एक खेलमा हार तथा एक खेलमा बराबरीको नतिजा निकाल्न सफल भयो ।
सोमबार राति ताजकिस्तानलाई जित दिलाउन पार्भिज्डहोन उमारवेयक र नुरिदिन खामरोकुलोभले एक-एक गोल गरे । लेवनानका लागि बासेल जरादीले एक गोल गरे ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया