सुर्तीजन्य पदार्थ बोके नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा प्रवेश नदिइने

नेपालगञ्ज- सुर्तीजन्य पदार्थ बोकेर प्रवेश गर्न खोजे नेपालगञ्ज उपमहानगरपालिकाले प्रवेशमा रोक लगाउने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि सुरुवाती चरणमा कार्यालयभित्र प्रवेश गर्नेलाई कडाइ गर्ने भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा आउने सेवाग्राहीलाई प्रवेशद्वारमा नगर प्रहरीले जाँच गर्ने र मुखमा सुर्तीजन्य पदार्थ खाइरहेको छ भने नजिक राखेको डष्टविनमा थुक्न लगाएर मुख कुल्ला गरेर भित्र पठाउने, गोजीमा राखेको छ भने फाल्न लगाउने रणनीति बनाइएको छ।
कसैले सुर्तीजन्य पदार्थ बोकेर भित्र प्रवेश गरेमा सुरुमा चेतावनी दिइने र फेरि पनि फेला परेमा एक सय रुपैयाँ जरिवाना गर्ने उपमहानगरले जनाएको छ ।
नेपालगञ्जका मेयर प्रशान्त विष्टले सुर्तीजन्य पदार्थ रोकथामका लागि सुरुमा उपमहानगरपालिका कार्यालयभित्र आउनेलाई कडाइ गर्न थालेको बताए । मेयर विष्टले चैत्रसम्म सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि सचेतनामूलक कार्यक्रमहरू गर्ने र वैशाख १ गतेदेखि कारबाहीको चरणमा जाने बताए ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

वनवाटिकामा आन्तरिक पर्यटकको घुइँचो

प्रतिक्रिया