नाइजेरिया र एंगोला अफ्रिकन कपको क्वाटरफाइनलमा

काठमाडौँ - नाइजेरिया जारी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा क्यामरुनलाई २-० गोल अन्तरले पराजित गर्दै नाइजेरिया क्वाटरफाइनलमा पुगेको हो ।
नाइजेरियाको जितमा दुवै गोल अडेमोला लूकम्यानले गरेका थिए । उनले खेलको ३०औं र ९०औं मिनेटमा गोल गरेका थिए ।
यो हारसँगै पाँच पटकको अफ्रिकी च्याम्पियन क्यामरुन प्रतियोगिताबाट बाहिरिएको छ ।
त्यसैगरी गएराति सम्पन्न अर्को खेलमा एंगोलाले नामिबियालाई ३(० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।
अब क्वाटरफाइनलमा एंगोला र नाइजेरिया भिड्ने भएका छन् । त्यस्तै हारसँगै नामिबिया पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया