बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील छ : प्रमुख दाहाल

चितवन - भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताएकी छिन् ।
प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरपालिकाले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उल्लेख गरिन् ।
महानगरले बालबालिकालाई शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर अटिजम विद्यालय, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत केन्द्र सञ्चालनमा ल्याएको प्रमुख दाहालले बताइन् ।
यस्तै बुवा–आमा नभएका बालबालिकालाई सडकसम्म नआउन दिन महानगरले एसओएस स्कुललाई सिफारिस गरी निःशुल्क अध्ययनको व्यवस्था मिलाउने गरी महानगर र विद्यालयबीच सम्झौता भएको उनले बताए ।
प्रमुख दाहालले प्रहरी नागरिक साझेदारी अभियान नेपाल (पिटुसिटु)ले सडकमा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरी पुनःस्थापन गर्ने काम गरेकोप्रति उच्च प्रशंसा गरिन् ।
‘राज्यले एक्लै गर्नुपर्ने कार्य सबैको साथ सहयोगबाट भएको छ, उनले भनिन्, ‘भरतपुर महानगरबाट ठूलो सहयोग भएको छैन् । संवेदनशील र अवस्था अनुसार अझै बढी सहयोग गर्नुपर्छ । यहाँहरु खुसी भएपनि म भने खुसी छैन ।’ प्रमुख दाहालले पिटुसिटुको विकासका लागि आगामी दिनमा महानगर तत्पर र अग्रसर रहने प्रतिवद्धता व्यक्त गरिन् ।
महानगरपालिकाले पिटुसिटुमा रहेका विगत ३ वर्षदेखि वार्षिक रुपमा प्रति बालबालिका रु ४० हजार सहयोग गर्दै आइरहेको छ । नेपालमै पहिलो पटक प्रहरी नागरिक साझेदारीमा ७ वर्षअघि सञ्चालनमा ल्याएको केन्द्रमा हाल ९ जना बालबालिका आश्रित छन् ।
भरतपुर महानगरपालिकाले यहाँका सुधार गृह तथा पुनःस्थापना केन्द्रलाई नियमन गर्न उपप्रमुखको संयोजकत्वमा कार्यविधि र मापदण्ड निर्माण गरी काम गर्दै आइरहेको प्रमुख दाहालले जानकारी दिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले बालबालिकाहरू विश्वमै संवेदनशील र जोखिममध्येको समूहमा पर्ने बताए । पारिवारिक असमझदारी, झगडा, कुनै देशबीच हुने युद्धका कारण सधैं उच्च जोखिममा जाने हिंसा शोषण र दुर्व्यवहार सहन बाध्य हुने गरेको उल्लेख गरे ।
उनीहरू नबोलेर पीडा व्यक्त गर्न सक्दैनन् भने वयस्कले जस्तो विरोध गर्न पनि नसक्ने उनको भनाइ छ । त्यसैले राज्यको नीति निर्माण गर्ने तह यो विषयमा गम्भीर हुन जरुरी रहेको महानिरीक्षक कुँवरले बताए ।
पिटुसिटु कुनै पनि सडक बालबालिका सडकमा बस्न बाध्य हुन नपरोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो ।
कार्यक्रममा पिटुसिटु नेपालको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा महानिरीक्षक कुँवरलाई साधारण सभा तथा अधिवेशनको अवसरमा सम्मान पनि गरिएको थियो ।

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

प्रतिक्रिया