सारा बज्राचार्यको कप्तानीमा नेपालले साफ यू-१९ फुटबल खेल्ने

काठमाडौँ- नेपालले मिडफिल्डर सारा बज्राचार्यको कप्तानीमा साफ यू-१९ महिला फुटबल च्याम्पियनसीप खेल्ने भएको छ ।
बंगलादेशले फेब्रुअरी २ देखि ८ तारिखसम्म ढाकामा साफ यू-१९ महिला च्याम्पियनसीप आयोजना गर्दैछ । उक्त च्याम्पियनसीपमा नेपालसहित बंगलादेश, भुटान र भारतको सहभागिता रहने साफले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसीपका लागि सारालाई कप्तान नियुक्त गरिएको जनाएको हो ।
एन्फाले एक कार्यक्रममार्फत सोमबार नेपाली यू-१९ टिमको बिदाइ समेत गरेको छ ।
नेपालले फेब्रुअरी २ मा आयोजक बंगलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतको सामना गर्ने तालिका रहेको छ ।
नेपाली टोली
गोलकिपरः सुजता तामाङ, करुण बुढाथोकी, लिला जोशी
डिफेन्डरः दिव्या यसमाली मगर, सीता रोकाया, रोजिता विष्ट, सरिताकुमारी नाथ, गंगा रोकाया, सिम्रन राई, माया मास्के
मिडफिल्डरः ब्रिसना चौधरी, झुमा विश्वकर्मा, सारा बज्राचार्य (कप्तान), सुशीला केसी, भावना परियार, पुनम चेम्जोङ
फरवार्डः सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समीक्षा मगर, सजिना स्याङ्तान
मुख्य प्रशिक्षकः बालगोपाल साहुखल
सहायक प्रशिक्षकः गंगा गुरुङ र श्यामसुन्दर सिंह
गोलकिपिङ प्रशिक्षक शैलेश कर्माचार्य
व्यवस्थापकः इन्दु दुवाल
फिजियोः प्रिया लामा
अफिसियलः मनिष शाक्य
हेड अफ डेलिगेटः सुशील सुवेदी
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया