सोमबार थप ४,४७२ जनामा कोभिड संक्रमण

काठमाडौँ : नेपालमा सोमबार थप ४४ सय ७२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार २ वटा पीसीआर परीक्षणका क्रममा ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ एन्टीजेन परीक्षणका क्रममा ११ सय २ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ५ लाख ९१ हजार ४९४ संक्रमित र एन्टीजेन परीक्षणबाट १४ हजार ६६१ जनामा कोभिड पुष्टि भएको छ ।
त्यस्तै कोभिडका कारण थप ९२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ७ हजार ९ सय ९० जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६ हजार ९ सय ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ४ लाख ९७ हजार ९६० संक्रमित निको भएका छन् ।
हाल ८५ हजार ५४४ सक्रिय संक्रमित आइशोलेशनमा र ७१८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म ३१ लाख ५५ हजार ६४ वटा पीसीआर र ७५ हजार ८५२ वटा एन्टीजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

प्रतिक्रिया