इन्ड्राइभ बन्यो विश्वमा धेरै डाउनलोड गरिएको दोस्रो राइड-हेलिङ एप

काठमाडौँ- इन्ड्राइभ ४६ देशहरूमा सञ्चालित ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म सन् २०२३ मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एप बनेको छ । डाटा डट एआईको अनुसार इन्ड्राइभ लगातार दोस्रो वर्ष पनि यो स्थानमा रहेको हो ।
यसको साथै इन्ड्राइभ ट्राभल क्याटेगोरी अन्तर्गत विश्वभरि सबैभन्दा धेरै डाउनलोड गरिएको चौथो एपको रूपमा र्यांक गर्न सफल भएको छ । गुगल प्ले र एप स्टोर डाटा (चीनमा आईओएस मात्र) अनुसार २०२३ मा इन्ड्राइभ कुल ६६.६ मिलियन पटक डाउनलोड भएको हो ।
इन्ड्राइभले आफ्नो मुख्य सेवा राइड सेयरिङ अफरलाई विभिन्न देशहरूमा विस्तार गर्दै हालै कुरियर डेलिभरी जस्ता नयाँ सेवाहरू पनि थप्दै गएको छ । नेपालमा इन्ड्राइभ सन् २०२२ देखि सञ्चालन भइरहेको छ । सन् २०२३ मा इन्ड्राइभले अमेरिकाको मायामी र दक्षिण फ्लोरिडासहित धेरै नयाँ स्थानहरूमा आफ्नो सेवाहरू सुरू गरेको थियो ।
आफ्नो नयाँ पियर–टु–पियर मूल्य निर्धारण मोडेलको लाभ उठाउँदै एवम् तिव्र रुपमा विकास गर्दै इन्ड्राइभ यात्रुहरूका लागि किफायती आवतजावतको विकल्प र चालकहरूका लागि उचित आम्दानीका अवसरहरू सिर्जना गर्न मद्दत गर्दै विश्वव्यापी रूपमा सामाजिक अन्यायलाई चुनौती दिने आफ्नो सुपर मिशन प्राप्त गर्न प्रतिबद्ध रहेको जनाएको छ । यसका साथै कम्पनीले उत्सर्जन घटाउने प्रयासमा विभिन्न क्षेत्रहरूमा विद्युतीय सवारीसाधनहरू थप्न थालेको बताएको छ ।
'इन्ड्राइभले विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एपको रूपमा आफ्नो स्थान कायम राखेको छ । यसमा हामी अत्यन्तै खुशी छौँ । यो श्रेय हाम्रो टोलीको अथक प्रयास र हाम्रा प्रयोगकर्ताहरूले हामी माथि गर्नुभएको विश्वासको प्रमाण हो । इन्ड्राइभमा हाम्रो सुपर मिशन भनेको सामाजिक अन्यायलाई चुनौती दिनु हो' इन्ड्राइभका संस्थापक र सीईओ आर्सेन टम्स्कीले भने 'र हामी उचित मूल्यमा भरपर्दो मोबिलिटी सर्भिसहरू उपलब्ध गराउन र हामी हाम्रा समुदायका मानिसहरूका लागि अर्थपूर्ण आम्दानीका अवसरहरू सिर्जना गर्न प्रतिबद्ध छौँ, र हामीले यो कोसेढुङ्गा मनाइरहँदा इन्ड्राइभको सफलतालाई डाउनलोडको सङ्ख्याबाट मात्र नभई समुदाय र विश्वमा हामीले पार्न सकेको प्रभावबाट मापन गर्छौँ भन्ने कुरा पनि व्यक्त गर्न चाहन्छु ।'
डाटा डट एआईका अनुसार इन्ड्राइभ पाकिस्तान, कोलम्बिया, इजिप्ट, पेरु र मोरक्कोसहित १३ देशहरूमा सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप पनि हो ।

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

स्पेसएक्सको अहिलेसम्मकै ठूलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

प्रतिक्रिया