विश्वकप फुटबल २०२६ : उद्घाटन खेल र समारोह मेक्सिकोमा, फाइनल अमेरिकामा

काठमाडौँ- विश्वकप फुटबल २०२६ को उद्घाटन समारोह र पहिलो खेल मेक्सिकोले गर्ने भएको छ ।
फिफाले गएराति घोषणा गरेअनुसार विश्वकप २०२६ को उद्घाटन खेल मेक्सिकोले गर्ने भएको हो ।
जसअनुसारमेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा सो उद्घाटन समारोह र पहिलो खेल हुनेछ । विश्नकपको उद्घाटन खेल जुन ११ मा हुनेछ ।
अर्जेन्टिनाका स्ट्राइकर डिएगो म्याराडोनाले सन् १९८६ को क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोल यही स्टेडियम एज्टेकामा गरेका थिए, जसको दर्शक क्षमता ८३ हजार रहेको छ ।
मेक्सिकोले सन् १९७० र १९८६ सहित यसअघि दुई वटा विश्वकप आयोजना गरिसकेको छ । सन २०२६ मा उसले तेस्रो पटक विश्वकपको आयोजना गर्न लागेको हो ।
त्यस्तै विश्वकपको फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाका अनुसार न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा सो फाइनल खेल हुनेछ । जस अनुसार सो खेल जुलाई १९ मा आयोजना हुनेछ ।
अमेरिकाले आफ्नो देशमा पहिलो खेल भने जुन १२ मा नै गर्नेछ, जुन खेल लस एन्जलसको सोफाई स्टेडियममा हुनेछ । तर, यसमा उद्घाटनका कुनै कार्यक्रम भने नहुने जनाएको छ ।
सन २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दैछन् । जसअनुसार क्यानडा र मेक्सिको थप आयोजकको रुपमा रहेका छन् ।
अमेरिकाले सन् १९९४ मा पहिलो पटक विश्वकप फुटबलको आयोजना गरेको थियो ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया