सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

प्रिमियर लिग : शीर्ष स्थानको लिभरपुलमाथि आर्सनलको शानदार जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलले शीर्ष स्थानको लिभरपुलमाथि शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुललाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा बुकायो साका, गाब्रिएल मार्टिनेली र लिआन्द्रो ट्रोसार्डले एक-एक गोल गरे । आर्सनलका गाब्रिएल मागाल्हाएसले एक आत्मघाती गोल गरेपछि लिभरपुलले एक गोल उपहार पाएको थियो ।

यस जितसँगै तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलले २३ खेलबाट ४९ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको भने समान खेलमा ५१ अंक छ ।

तेस्रो स्थानको म्यानचेस्टर सिटीले भने २१ खेलबाट ४६ अंक जोडेको छ ।