ब्राजिलको फुटबल टिम ओलम्पिकमा छनोट हुन असफल

काठमाडौँ- ब्राजिलको यू-२३ फुटबल टिम पेरिस ओलम्पिकका लागि छनोट हुन असफल भएको छ ।
साविक विजेता समेत रहेको ब्राजिलले सोमबार बिहान भएको निर्णायक खेलमा अर्जेन्टिनासँग १-० गोलको पराजय भोगेपछि यसै वर्ष हुने ओलम्पिकका लागि छनोट हुन नसकेको हो ।
ब्राजिल सन् २००४ पछि पहिलोपटक ओलम्पिकको फुटबलका लागि छनोट हुन नसकेको हो ।
ब्राजिलमाथि अर्जेन्टिनलाई जित दिलाउन लुसियानो गोन्डोउले ७७ औँ मिनेटमा निर्णायक गोल गरे ।
यससँगै अर्जेन्टिना भने ओलम्पिकका लागि छनोट भएको छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया