प्रिमियर लिगः गालाघरले दुई गोल गर्दा चेल्सीको जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि जित हात पारेको छ ।
सोमबार राति सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।
एक गोलको पछि परेको अवस्थामा चेल्सीले तीन गोल गर्न सफल भएको थियो ।
जेफर्सन लेर्माले ३० औँ मिनेटमा गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए । तर चेल्सीका कोनोर गालाघरले ४७ औँ मिनेटमा बराबरी गोल गरे ।
दोस्रो हाफको इन्जुरी समयमा गालाघरले थप एक तथा इन्जो फर्नान्डेजले एक गोल गरे ।
जितसँगै २४ खेलबाट ३४ अंक जोडेको चेल्सी तालिकाको १० औँ स्थानमा उक्लिएको छ । यता २४ अंक जोडेको क्रिस्टल प्यालेस भने १५ औँ स्थानमा यथावत् छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया