आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

बनेपामा ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव-२०८०' सुरु

काठमाडौँ- बनेपामा ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव-२०८०’ सुरु भएको छ । आजबाट सुरु भएको महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन् ।

महोत्सवमा जिल्ला समन्वय समिति, बनेपा नगरपालिका, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय तथा काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रूपमा आयोजित बृहत् कृषि महोत्सव चार दिनेसम्म सञ्चालन हुनेछ ।​