एसपी केसीले सम्हाले जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड

काठमाडौं - जिल्ला प्रहरी कार्यालय, झापा प्रमुखमा सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले आफ्नो कार्यभार सम्हालेका छन् । जिल्लाबाट एसपी दुर्गाराज रेग्मीको सरुवा भएपछि उनको ठाउँमा केसीको सरुवा भएको हो । एसपी केसी आइतबार झापा पुगेका हुन् ।
एसपी केसी प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा समेत आफूलाई परिचित गर्न सफल छन् । उनी प्रहरी संगठनमा दूरगामी र सकारात्मक प्रभाव पार्ने नयाँ-नयाँ अभियानको सिर्जना गर्ने क्षमतावान बौद्धिक प्रहरी अधिकृतका रुपमा समेत परिचित छन् ।
झापा जिल्ला सुरक्षाको दृष्टिकोणबाट संवदेनशील मानिन्छ । कमाण्ड सम्हाल्दै एसपी केसीले झापा जिल्लालाई सुरक्षाको दृष्टिकोण नमूना बनाउन उत्कृष्ट काम गर्न र जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘म वस्तुनिष्ट र विभेरहिद न्याय दिन तल्लीन हुनेछु,’ उनले भने, ‘झापामा शान्ति सुरक्षा कायम गर्ने सवालमा आफूले कुनै पनि कसुर बाँकी राख्ने छैन । म राजनीतिको दवाव र प्रभावमा होइन, जनताले अनुभूति गर्ने गरी सबैको लागि काम गर्नेछु ।’

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन

कञ्चनपुरका नौ वटै स्थानीय तहको बजेट सार्वजनिक

बर्दिवासद्वारा एक अर्ब २२ करोड ४० लाखको बजेट सार्वजनिक

दिक्तेल रुपाकोट मझुवागढीको बजेट सार्वजनिक

घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो

मुस्ताङको घरपझोङले ‘वातावरण र जलवायु’ सम्मेलन गर्ने

मौलापुर नगरसभावाट ६१ करोडको बजेट पारित, फ्रि बिजुली, फ्रि पानीलगायत लोकप्रि…

प्रतिक्रिया