व्यवसाय गर्न कृषि मिटरको माग गर्नेको संख्या बढ्दै
मुलुकभर साढे ३ लाख बढीले लिए कृषि मिटर

काठमाडौँ- विभिन्न जिल्लामा कृषि गर्न कृषि मिटर प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । विद्युत प्राधिकरणले सहजै कृषि मिटर उपलब्ध गराउने भएपछि कृषकलाई सहज भएको छ ।
केही समय अघि खेतीयोग्य बालीमा सहजै सिँचाइ व्यवस्था हुन नसक्दा सरकारले विद्युत मिटरको व्यवस्था गरेको थियो । जसबाट विद्युतीय मोटर प्रयोग गरि पानी खेतीमा पुर्याउने गरिन्छ । पानी पुग्न नसक्ने खेतीबालीमा विद्युतीय मोटरको प्रयोग गरिने गरिएको छ ।
पछिल्लो सयम गैर किसानले समेत कृषि मिटरको माग गरेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । माछा पालन तथा उखु पेलान गर्न समेत कृषि मिटरको माग बढेको छ ।
खेतीयोग्य तथा खाद्यबाली उत्पादनका गर्न वितरण गरिने कृषि मिटर माछा व्यवसाय तथा साना उद्योगका लागि दिनुपर्ने भन्दै माग हुन थालेको कृषि मन्त्रालयकी सवनम सिवाकोटी अर्यालले जानकारी दिइन् ।
‘विद्युत प्राधिकरणलाई कृषि मन्त्रालयले खाद्यबाली उत्पादन गर्न कृषि मिटर उपलब्ध गराउन परिपत्र गरिसकेको छ,’ उनले भनिन्,’ अहिलेसम्म जुन प्रयोजनका लागि कृषि मिटर दिनु भनेका छौ । सोही अनुसार मात्र कृषि मिटर वितरण भएका छन् ।‘
तर, मन्त्रालयमा हालसम्म कुन-कुन जिल्लाका कति कृषकले सिँचाइ मिटर प्रयोग गरेका छन् त्यसको तथ्यांक छैन । सिवाकोटीका अनुसार कृषि मिटरको सम्पूर्ण अधिकार, वितरण र प्रयोगको मापदण्ड विद्युत प्राधिकरणलाई दिएको छ ।
मापदण्ड पुगेका किसानले सहजै कृषि मिटर पाउने गरेको उनको भनाइ छ । विद्युत पुगेका सबै ठाउँमा कृषि मिटर उपलब्ध गराउन निर्देशन दिएको उनले बताइन् ।
नेपाल विद्युत प्राधिकारी उपकार्यकारी निर्देशक मनोज सिलवालले मुलुकभरका सबै जिल्लाका माग गरेबमोजिम कृषकलाई कृषि मिटर उपलब्ध गराइएको जानकारी दिए ।
उनका अनुसार विभिन्न जिल्लाका किसानलाई गरी ३ लाख ५० हजार बढी कृषि मिटर वितरण भएका छन् । कृषि मिटरमा प्रति युनिट २ रुपैयाँ ३८ पैसा शुल्क लाग्ने गरेको छ ।
‘माग गरेका सबै किसानलाई कृषि मिटर गरिएको छ,’ उनले भने,’ आवश्यक पर्ने किसानले गरेका छन् उनीहरूले सहजै पाउने गरेका छन् ।‘
व्यवसाय गर्ने किसानलाई कृषि मिटर नदिएको सिलवालले बताए । ‘व्यवसायी किसानलाई व्यवसाय वर्गमा राखिएको छ,’ उनले अगाडि थपे ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया