आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

साफ यू-१६ महिला फुटबल : बंगलादेशसँग नेपाल पराजित

काठमाडौँ- नेपालले आज साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बंगालदेशसँग हार बेहोरेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको हो । बंगलादेशको जितमा दुवै गोल सौरभी प्रितीले गरेकी थिइन् । 

शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गरेको थियो ।

अब प्रतियोगिताको अर्को खेल सोमबार भुटान र नेपालको भिडन्त हुनेछ ।