बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

'ओलीको मिसन सिटामोलमा कमिसन'

काठमाडौँ: बीएण्डसी मेडिकल कलेजलाई सरकारले सम्बन्धन दिन खोजेको भन्दै गोविन्द केसी अलाइन्सले काठमाडौंमा विरोध प्रर्दशन गरेका छन् । 
गोविन्द केसी अलाइन्स आवद्ध युवाहरूले बिहीबार काठमाडौंको माइतीघरमा बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन खोजिएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रर्दशनका क्रममा उनीहरूले संविधानमाथि केपी ओली, कानूनमाथि दुर्गा प्रसाई, चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप बन्द गर, ओलीको मिसन सिटामोलमा कमिसन लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए  । केही बेर प्रदर्शन गरेपछि प्रहरीले प्रर्दशनकारीलाई नियन्त्रणमा लिएको थियो ।

यसअघि बिहीबार नै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विज्ञप्ति जारी गर्दै  प्रधानमन्त्री ओलीले शुक्रबार जेठ २८ गते चिकित्सा शिक्षा आयोगको जबर्जस्ती बैठक राखेर राखेर बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन खोजेको भन्दै विरोध जनाएका थिए। उनले सम्बन्धनसम्बन्धी निर्णय गर्न आयोगका सदस्यहरूलाई बाध्य पार्न खोजेको भन्दै यो विधिको शासनविरूद्ध अक्ष्यम्य अपराध हुने पनि बताएका थिए ।

केसीले आफू हाल द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरूमा सेवा दिएर नेपाल फर्कने तयारीमा रहेको भन्दै सम्बन्धन दिएमा अनसन बस्ने चेतावनी दिएका छन् ।