भारतलाई हराउँदै बंगलादेश बन्यो साफ यू-१६ फुटबलको च्याम्पियन

काठमाडौँ- नेपालमा सम्पन्न साफ यू-१६ महिला फुटबल च्याम्पियनसीपको उपाधि बंगलादेशले जितेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा आइतबार सम्पन्न फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।
बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्यो ।
यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटबाट उपाधि विजेताको चयन गरिएको हो ।
निर्धारित समयको चौथो मिनेटमा अनुष्का कुमारीको गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।
तर खेलको ७० औँ मिनेटमा बंगलादेशकी मरिम हन्नाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएकी थिइन् ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया