सीमा क्षेत्रमा सुरक्षा र निर्वाचनका विषयमा नेपाल र भारतका उच्च अधिकारीबीच भेटवार्ता

वीरगञ्ज - एसएसबीका आइजी श्री पंकज दराड (आईपीएस)ले भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध, सीमा क्षेत्रमा सुरक्षा र निर्वाचनका विषयमा नेपाल र भारतका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।
बुधबार महानिरीक्षक श्री पंकज दराड फ्रन्टियर हेडक्वार्टर सशस्त्र सीमा बाल पटना (बिहार)ले भारत र नेपालका वरिष्ठ अधिकारीसँग एक विशेष बैठक बसेको थियो। जसमा मैत्री सम्बन्ध सुधार गर्न प्रयास गरिएको थियो।
भारत र नेपालबीच सर्वसाधारणलाई सहयोग पुर्याउने सुविधा, भारत–नेपाल सीमा क्षेत्रमा काम गर्ने दुवै पक्षका सरकारी निकायबीचको आपसी सहकार्य र लोकसभा निर्वाचनका सन्दर्भमा विशेष निर्देशनका विषयमा छलफल भएको थियो।
नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धमा परापूर्वकालदेखि नै भारत र नेपालबीचको सम्बन्ध रहेको भन्दै उनले यो रोटी–बेटीको सम्बन्ध कायम राख्नु नै सशस्त्र सीमा बलको नारा रहेको बताए।
भारत–नेपाल सीमा क्षेत्रमा कार्यरत दुवै पक्षका सरकारी निकायबीच आपसी सहकार्यका सम्बन्धमा उनले सबै निकायको मुख्य उद्देश्य देश र समाजको हित हुने भएकाले भारतीय सशस्त्र सीमा बल, नेपाल सशस्त्र प्रहरी बल , भारत र नेपाल भन्सार कर्मचारी नेपाल प्रहरी र अन्य सुरक्षा निकायले आपसी समन्वय र सहकार्यमा आफ्नो काम बढाउनु पर्ने उनले बताए । 'तब मात्र अपराध, समाज विरोधी गतिविधि, भारत विरोधी गतिविधि, लागुऔषध ओसारपसार, मानव बेचबिखन तथा आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सकिन्छ', उनले भने ।
भारतमा हुने निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भारत र नेपालका अधिकारीहरूको बैठक बसेको पत्रकार सम्मेलनमा आईजी पंकज दर्दारले बैठकमा लोकसभा निर्वाचनमा नेपाल सरकारलाई सहयोग गर्ने सहमति भएको जानकारी दिए । आगामी महिना भारतमा निर्वाचन हुने भएको छ।

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

प्रतिक्रिया