सहकारी सञ्चालक खसी र मासुमा, बचतकर्ता पीडा र आँसुमा (फोटो/भिडयाेसहित)

काठमाडौँ - काठमाडौँमा विभिन्न सहकारीबाट पीडित भएकाले प्रदर्शन गरेका छन् । विभिन्न सहकारीमा बचत गर्ने बचतकर्ताको रकम हिनामिना गरी संचालक भागेपछि पीडित बचत कर्ताहरुले प्रदर्शन गरेका छन् । उनीहरू टेकुबाट त्रिपुरेश्वर हुँदै भृकुटीमण्डपमा जम्मा भएका थिए । पीडितहरूले विभिन्न प्लेकार्डहरू बोकेर प्रदर्शन गरेका हुन् ।
'सहकारी संचालक पाँच तारे होटलमा मोज गर्दै खसी र मासुमा हामी पीडित बचतकर्ता घरमा भोकभोकै पीडा र आँसुमा', 'भाषणमा जनता जनता भन्ने नथाक्ने नेपालका नेताहरु हरेक ठाउँमा जनताको हुर्मत लिने काम तुरुन्त बन्द गर', 'भूमाफिया सञ्चालकलाई कारबाही गर' लगायतका प्लेकार्ड र ब्यानरहरू बोकेका थिए ।
देशभर नागरिकहरुको पहुँच बैंकसम्म हुन नसकेपछि नेपालमा सहकारीको अवधारणा आएको हो । आर्थिक समस्याहरू तत्काल समाधान गर्न सकिने र केही रकम जम्मा गर्न पनि सकिने हुँदा सहकारी देशभर र विशेष गरी गाउँ-गाउँमा लोकप्रिय हुँदै गयो ।
मानिसहरुले तत्काल आफ्ना आवश्यकता पूर्तिका लागि थोरै पैसा माग्न कुनै व्यक्तिकोमा हात फैलाउन परेन । केही रकम जम्मा गर्ने बानीको विकास र समस्या पर्दा रकम निकाल्न सहज थियो । तर, पछिल्लो समय सहकारी सञ्चालकहरुले बचतकर्ताका रकम हिनामिना गरेको समाचारहरू आएका छन् ।
थोरै जम्मा गरेर लाखौं बनाएका बचतकर्ताहरुको रकम हिनामिना गरी सञ्चालक फरार भएका छन् ।सहकारीको नाम नै बदनाम बनाएका छन् । जसका कारण पीडितहरु सडकमा आउन बाध्य छन् ।
र भिडियाे पनि हेर्नुहाेस्

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_GUzPu7C7o4_z2u7ouphldpgxitwczqk3s6zd5zwbadnsiwq1w4wdx6hfch6mp5jrmkuxe6k.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया