महानगरको आदेश नेपाल प्रहरीले टेरेन, पेट्रोल पम्पमा पुरानै रंग

काठमाडौँ- करिब दुई महिनाअघि काठमाडौँ महानगर भित्रका सबै पेट्रोल पम्पमा पहेंलो रंग लगाउने निर्णय गर्यो । पेट्रोल पम्प सञ्चालक, सरोकारवाला संघसंस्था तथा निकायका प्रतिनिधिको बैठकले उक्त निर्णय गरेको थियो ।
सोही अनुरूप महानगर क्षेत्रका सबै पेट्रोल पम्पले पहेंलो रंग लगाइसकेका छन् । तर, महानगरको सूचना अवज्ञा गर्दै नेपाल प्रहरीले नक्साल र सामाखुसीस्थित आफ्नो पेट्रोल पम्पमा पहेंलो रंग नलगाएको पाइएको छ ।
काठमाडौँ महानगरपालिका प्रवक्ता नवीन मानन्धरले प्रहरीको आफ्नो कानुन भएकाले महानगरको नियम नमानेको आरोप लगाए । नेपाल प्रहरीको पेट्रोल पम्प रहेकाले महानगरपालिकाले पटक-पटक भनिसक्दा पनि प्रहरीले बेवास्ता गरेको उनले बताए ।
‘हामीले भनेको नेपाल प्रहरीले मान्दैन । महानगरले प्रहरीको पेट्रोल पम्पमा रंग लगाउँछौ भन्दा पनि दिएनन्,’ प्रवक्ता मानन्धरले इकागजसँग भने,’ हाम्रो कुरा प्रहरीले टेरेनन् । उनीहरूले आफैँ बुझेर पनि लगाउँदैनन् ।‘
नगर प्रहरीले नेपाल प्रहरीलाई पटक पटक चिठीसमेत पठाइसकेको उनले बताए । नगर प्रहरीसँग नेपाल प्रहरीलाई चिठी पठाएको भर्पाइसमेत रहेको उनले इकागजलाई सुनाए ।
महानगरपालिकाले नेपाल प्रहरी र नेपाली सेनालाई एकसाथ रंग लगाउन आग्रह गरेको उनको भनाइ छ ।
त्यसैगरी, नेपाल प्रहरीका प्रवक्ता भीम ढकालले महानगरपालिकाले नेपाल प्रहरीको पेट्रोल पम्पमा रंग लगाउन निर्देशन नदिएको बताए । ‘हामीलाई पेट्रोल पम्पमा रंग लगाउनुहोस् भनेर महानगरले भनेकै छैन,’ उनले भने,’ अहिलेसम्म कुनै जानकारी कतैबाट आएको छैन ।‘
नेपाली सेनाले पेट्रोल पम्पमा रंग लगाइसकेको छ । नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले पेट्रोल पम्प वरिपरि तथा पम्प चिनिने गरेर रंग लगाइएको बताए ।
काठमाडौँ महानगर क्षेत्रमा ४८ वटा पम्प छन् । पहिलो चरणमा फागुन पहिलो सातासम्म नमुनाका रूपमा चारवटा पम्पमा पहेँलो रङ लगाउने तयारी गरेको थियो । अन्य पम्पमा भने रङ लगाइँदै जाने महानगरले सोही बैठकबाट निर्णय गरेको थियो ।

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

भिडियोमा देखियो चड्कन, भीडमा हरायो आत्मसम्मान

पाथिभरा मन्दिरमा एक महिनामै ६० लाख ९० हजार भेटी संकलन

प्रतिक्रिया