रूसमा सन् २०१८ कोभन्दा बढी खस्यो मत

मस्को- रुसमा राष्ट्रपतीय निर्वाचनका लागि आइतबार पनि मतदान जारी रहेको थियो । तीन दिनसम्म चलेको मतदान आइतबार पनि रुसमा निर्वाचनको अन्तिम दिन हुन पुग्यो ।
तीन दिनसम्म चलेको निर्वाचन प्रक्रियामा ठूलो संख्यामा जनताले मतदान गरेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिन यस चुनावमा मुख्य उम्मेदवार हुन् र ६ वर्षको पाँचौं कार्यकालका लागि पुनः निर्वाचित हुने सुनिश्चित भएको छ ।
यसैबीच निर्वाचनको अन्तिम दिन आइतवारसम्म राष्ट्रपतीय निर्वाचनको सिलसिलामा रुसका १३ सहरमा ४७ जनाभन्दा बढी प्रदर्शनकारी र आन्दोलनकारीलाई पक्राउ गरिएको छ । ओभिडी इन्फो विरोध–अनुगमन समूहले यो जानकारी दिएको हो ।
रसियाको राष्ट्रपतीय निर्वाचनमा आइतवार ६७.५४ प्रतिशत मतदान भएको थियो, जुन सन् २०१८ को स्तरलाई पार गरेको छ । मतदान समाप्त हुनु केही घण्टा अघि तास समाचार एजेन्सीले रूसमा सन् २०१८ मा मतदान ६७.५ खसेको जानकारी दिएको हो ।

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया