विश्व

स्टालिनपछि लामो समय सत्तामा रहने नेता बने पुटिन, रुसी राष्ट्रपतिमा जित पक्का

इकागज |
चैत ५, २०८० सोमबार ७:१७ बजे

काठमाडौँ- रुसको राष्ट्रपतिमा पुन: भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी)ले जनाएको छ ।

पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको सीएनएनले उल्लेख गरेको छ ।


कम्युनिष्ट पार्टीका निकोलाई खारिटोनोभ, लिबरल डेमोक्र्याटिक पार्टीका लियोनिद स्लुत्स्की र न्यु पिपुल्स पार्टीका भ्लादिस्लाव दाभान्कोभ राष्ट्रपति निर्वाचनमा उठेका थिए । उनीहरू क्रेमलिनद्वारा समर्थित हुन् ।

जितपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । ३ दशकदेखि शक्तिमा रहेका पुटिन जोसेफ स्टालिनपछि रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् ।


Author

थप समाचार
x