विश्व

रुसी राष्ट्रपति निर्वाचन : १५ युरोपेली देशमा पुटिन पराजित

इकागज |
चैत ८, २०८० बिहीबार ८:५६ बजे

फाइल तस्बिर

काठमाडौँ- रुसी राष्ट्रपतीय निर्वाचनका लागि विदेशमा भएको मतदानमा पुटिन १५ युरोपेली देशमा पराजित भएका छन् । रुसी स्वतन्त्र सञ्चारमाध्यमले मार्च २० मा कुल पाचौँ पटक राष्ट्रपति जितेका पुटिन १५ युरोपेली देशलगायत अर्जेन्टिना, पाराग्वे र इजरायलमा रहेका रुसीहरूले गरेको मतदानमा पराजित भएको जानकारी दिएका छन् । यी देशहरूमा चार वर्षअघि स्थापना भएको पार्टी न्यु पिपलका तल्लो सदनका उपप्रमुख  डुमा दाभान्कोभ पहिलो भएका थिए ।

जेलमा मृत्यु भएका विपक्षी नेता अलेक्सी नाभाल्नीका समर्थकहरूले स्वदेश र विदेशमा रहेका मानिसहरूलाई 'पुटिन विरोधी' मतदान आन्दोलनमा सामेल हुन आह्वान गरेका थिए । विदेशमा, विशेष गरी पूर्वी युरोपमा, जहाँ रूस विरोधी भावना विशेष गरी बलियो छ त्यहाँका मतदान केन्द्रहरूमा लामो लाइनहरू लागेको थियो । 


विदेशमा भएको मतदानको  कुल संख्या ३ लाख ८० हजारभन्दा बढी सहभागी थिए । जसमा  ६.८ प्रतिशत मात्रै अवैध भोटहरू थिए । केन्द्रीय निर्वाचन कार्यालयको  तथ्याङ्कअनुसार पुटिनले विदेशबाट खसेको ७२.३ प्रतिशत मत प्राप्त गरेका छन् । दाभान्कोभ १६.७ प्रतिशत मत ल्याएर दोस्रो भएका थिए ।


Author

थप समाचार
x