दल

इलाम २ मा आज ७ बजेबाट मतगणना सुरु हुने

इकागज |
बैशाख १६, २०८१ आइतबार ६:२१ बजे

फाइल फाेटाे

इलाम - इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिनेछ । मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ ।


उपनिर्वाचनअन्तर्गत इलाम–२ मा शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएको थियो । यहाँ करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

इलाम–२ मा १९ उमेदवार चुनावी मैदानमा छन् ।


Author

थप समाचार
x