समाज

सिधाकुरा डटकमविरुद्ध सर्वोच्चका उपरजिष्ट्रारद्वारा मानहानीको मुद्दा

इकागज |
बैशाख १६, २०८१ आइतबार २१:४२ बजे

काठमाडौँ- सर्वोच्च अदालतकै उपरजिष्ट्रारले सिधा कुरा डटकमका पत्रकारलाई अदालतको अवहेलनालगायतका फौजदारी कसुरमा अनुसन्धान गर्न प्रतिवेदन पेस गर्दै इजलासबाट आदेश माग गरेका छन् ।

आइतबार सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेमार्फत दायर रिटमा सिधा कुरा डटकममा युवराज कँडेल, नविन ढुंगानासहितविरुद्ध मानहानीको कसुरमा कारबाही माग गरिएको हो ।


सिधा कुरा डटकमले अदालतको फैसलासँग सम्बन्धित अडिओ सार्वजनिक गरी मिडियाका सञ्चालक र न्यायाधीश तथा वकिलहरू त्यसमा संलग्न रहेको दाबी गरेको थियो । 

न्यायाधीश डा.आनन्दमोहन भट्टराई समेतलाई एक विवादास्पद अडियो प्रकरणमा जोडेपछि सर्वोच्च अदालत प्रशासनले अवहेलना कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । अडियो अनुसन्धान गरी प्रचलित फौजदारी कसुरमा पनि कारबाहीको दायरामा ल्याउन अन्य निकायलाई समेत आदेशको माग गरिएको छ ।

उक्त मुद्दाको पेसी सोमबारका लागि तोकिएको छ ।


Author

थप समाचार
x