बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री ओली तयार

काठमाडौँ : सरकारले व्यवसायी दुर्गा प्रसाईंद्वारा सञ्चालित झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन तयारी गरेको छ । शुक्रबार बालुवाटारमा चिकित्सा शिक्षा आयोगको बैठकमा विधि पुर्याएर आएका मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएपछि बीएन्डसीलाई सम्बन्धन दिन लागेको खुलेकाे हो ।
प्रधानमन्त्रीको इच्छा अनुरुप नेपाललाई स्वास्थ्य क्षेत्रको हब बनाउने उद्देश्यले कानुनसम्मत माग गरेका मेडिकल कलेजलाई सम्बन्ध दिनुपर्ने बैठकका एकजना सहभागीले बताएका छन् ।
प्रधानमन्त्री स्वास्थ्य क्षेत्रमा नेपाललाई समृद्ध बनाउनुपर्ने भएकाले मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने भनाइ राखेको निजी मेडिकल एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले नेपालका सबै नागरिकले सहजै मेडिकल शिक्षा पढन पाउने व्यवस्था मिलाउनुपर्ने धारणा राखेको उनले जानकारी दिए ।
शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालबाट वर्षेनी चिकित्सा शिक्षा पढन विदेश जानेलाई रोक्नुपर्ने धारणा राखेको अन्सारीले बताए । नेपालमा चिकित्सा शिक्षा पढाउन सक्ने वातावण बनाउन सक्यो भने पनि आम मानिसले सहजै पढन पाउने श्रेष्ठले धारणा राखेको उनले जानकारी दिए । मन्त्री श्रेष्ठले गत वर्ष मात्र करिब एक हजार नेपाली विद्यार्थी मेडिकल शिक्षा पढ्न विदेश गएको बताएका थिए ।
अर्का सहभागी मेडिकल काउन्सीलका अध्यक्ष डा.भगवान कोइरालाका अनुसार बैठकमा सहभागीले मिश्रित प्रतिक्रिया दिएका छन् । बैठकमा ठोस यहीँ निर्णय भयो भनेर नसकिने अवस्था रहेको उनले बताए । 'माइन्योट हुन बाँकी छ, बैठकको निर्णय भोलि सार्वजनिक हुन्छ र सबैले थाहा पाउँछन,' डा. कोइराला भन्छन् ।

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

प्रतिक्रिया