एन्टी डोपिङ ‘ठगी’को आरोपमा ब्राजिलियन फरवार्ड गाबिगोलमाथि दुई वर्षको प्रतिबन्ध
काठमाडौँ- गाबिगोल नामले चिनिने ब्राजिलियन फरवार्ड ग्याब्रियल बारबोसालाई डोपिङ परीक्षणमा ठगी गरेको आरोपमा दुई वर्षका लागि निलम्बन गरिएको छ ।
ब्राजिलियन क्लब फ्लामेन्गोका लागि व्यावसायीक फुटबल खेल्दै आएका २७ वर्षीय फरवार्ड गाबिगोललाई ब्राजिलको खेलकुद अदालतले सोमबार दुई वर्षका लागि निलम्बन गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
गत अप्रिल महिनामा रियो दि जेनेरियोमा रहेको क्लबको मुख्यालयमा भएको अचानक गरिएको एन्टी डोपिङ परीक्षणका क्रममा गाबिगोलले परीक्षणलाई कठिन बनाएको आरोप लगाइएको थियो ।
स्थानीय संचारमाध्यमले जनाएअनुसार गत वर्षको परीक्षणका क्रममा गाबिगोलले तालिकाको पालना नगरेको, अधिकारीहरूको अनादर र निर्देशनहरूको पालना गर्न असफल भएका थिए ।
उनीमाथिको निलम्बन अप्रिल ८ तारिखबाट लागू हुने भएपनि गाबिगोलले भने अपिल गर्न पाउनेछन् ।
पोर्चुगलको बेनफिका र इटालीको इन्टर मिलानबाट समेत खेलिसकेका गाबिगोलले ब्राजिलका लागि सन् २०२२ को जनवरीसम्म १८ अन्तर्राष्ट्रिय फुटबल खेलमा सहभागी भइसकेका छन् ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया