सन् २०३० सम्ममा भारतले ३० प्रतिशत विद्युतीय सवारी साधन बजारमा ल्याउने

काठमाडौँ- भारतले सन् २०३० सम्ममा सवारी साधन बिक्रीको ३० प्रतिशत हिस्सा विद्युतीय सवारी साधनको लागि प्रत्याभूत गर्ने लक्ष्य राखेको ‘केयर एज रेटिङ्स’ ले जनाएको छ ।
भारत सरकारले वैकल्पिक इन्धन पूर्वाधारको विकासलाई प्रोत्साहन गर्न योजनाहरू सुरु गरिसकेको र सन् २०३० सम्ममा यसको उत्कृष्ट प्रभाव देखिने जनाइएको छ ।
सवारी साधनहरूको माग वैकल्पिक इन्धन प्रयोगतिर गइरहेको समयमा भारतले विद्युतीय सवारी साधनको मागलाई सम्बोधन गर्ने नीति लिएको उक्त संस्थाले गरेको अध्ययनले देखाएको हो ।
कुल सवारी साधन बिक्रीमध्ये पेट्रोलबाट चल्ने सवारी साधनको बिक्रीको हिस्सामा उल्लेखनीय गिरावट मापन गरिएको छ । सवारी बिक्रीको तथ्याङ्कले पेट्रोलबाट चल्ने सवारी साधनको बिक्रीको हिस्सा सन् २०२० मा ८६ प्रतिशत रहेकोमा सन् २०२३ मा १० प्रतिशत कमी अर्थात् ७६ प्रतिशतमा घटेको देखाएको छ ।
डिजेलबाट चल्ने सवारी साधनहरूको अंश सन् २०२० मा १२ प्रतिशत रहेकोमा सन् २०२३ मा ११ प्रतिशतमा सीमित भएको छ ।
वैकल्पिक इन्धनबाट चल्ने सवारी साधनहरूको बिक्री सन् २०२० को तुलनामा गत वर्ष ४०० प्रतिशतभन्दा बढीले वृद्धि भएको तथ्याङ्कबाट देखिन्छ ।
भारतलाई वैकल्पिक इन्धनतर्फ अगाडि बढाउन सरकारले ‘फेम–२’ योजनाको दोस्रो चरण स्वीकृत गरेको छ । यसका लागि एक खर्ब ५० अर्ब भारतीय रुपैयाँ विनियोजन गरेको छ ।
अटो मोबाइल बजारमा पेट्रोल र डिजेल इन्धन–सञ्चालित सवारी साधनहरूको परम्परागत प्रभुत्वलाई चुनौती दिन बलियो दाबेदारको रूपमा विद्युतीय सवारीसाधन उभिएको छ ।
केयरएज रेटिङ्सका एसोसिएट निर्देशक आरती रोयले विद्युतीय साधनको बजार प्रवर्द्धनको उद्देश्य पूरा हुन सरकारी नीति, प्राविधिक विकास र उपभोक्ता प्राथमिकताजस्ता कारकमा निर्भर हुने बताए । एजेन्सी

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया