युक्रेनसँग वार्ता भएको छैन : रुस

काठमाडौँ- युक्रेनमा सम्भावित शान्ति पहलका बारेमा जारी वार्तामा रुस संलग्न नभएको तर त्यस्ता विवरणबारे जानकारी सङ्कलन भइरहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।
यसअघि जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनलगायत धेरै देशले सुरक्षा सल्लाहकारको स्तरमा युक्रेन सङ्कटमा शान्ति प्रक्रियालाई निम्त्याउन सक्ने पहलका बारेमा छलफल गरिरहेको उल्लेख गरेका थिए ।
'ती सबै देशहरू सम्भव भएसम्म अन्त्यसम्म युक्रेनलाई समर्थन गर्न आफ्नो राजनीतिक इच्छा शक्तिमा एकजुट छन्,' पेस्कोभले भने, 'रुसी प्रशासनिक केन्द्र क्रेमलिनले यी सबै सूक्ष्मताहरूलाई सावधानीपूर्वक निगरानी गरिरहेको छ ।'
'अन्तिम युक्रेनी नागरिक रहेसम्म युद्ध गर्न' किएभलाई उक्साउने र प्रोत्साहित गर्ने दृष्टिकोण युरोपमा हावी रहेको र युरोपेली राजनीतिक प्रतिष्ठानमा युद्धबारे विभिन्न दृष्टिकोण देखिएको तर युद्धको वातावरणमा कुनै परिवर्तन नभएको पेस्कोभले बताए ।
शान्ति योजना वार्ताका कारण जर्मनी यस सङ्कटमा गाँजिएको क्रेमलिन प्रवक्ता पेस्कोभले जिकिर गरे ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यस सङ्कटमा सबैभन्दा चट्टानी अडान लिएको मस्कोले देखेको बताउँदै फेब्रुअरीमा युक्रेनमा विदेशी सैन्य दस्ता पठाउने म्याक्रोँको प्रस्तावबारे उनले उल्लेख गरे । एजेन्सी

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया