केजरीवालको पक्राउबारे जर्मनी र अमेरिकापछि संयुक्त राष्ट्रसंघको टिप्पणी

काठमाडौँ- जर्मनी र अमेरिकापछि संयुक्त राष्ट्रसंघले भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विषयमा टिप्पणी गरेको छ ।
संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले केजरीवाल पक्राउ परेको विषयमा टिप्पणी गरेका हुन् । उनले भनेका छन्, 'हामी आशा गर्छौं कि भारतमा सबैको अधिकार सुरक्षित हुनेछ । यो भारतमा चुनावी समय हो, त्यसैले सबै नागरिकले स्वच्छ वातावरणमा मतदान गर्ने अवसर पाउने छन् ।'
यसअघि केजरीवाल पक्राउ परेको विषयमा जर्मनी र अमेरिकाले पनि यस्तै टिप्पणी गरेका थिए । भारतको विदेश मन्त्रालयले भने आन्तरिक विषयमा टिप्पणी गरेको भन्दै अमेरिका र जर्मनीका कूटनीतिज्ञसँग स्पष्टीकरण लिएको थियो ।
मुख्यमन्त्री केजरीवाल मदिरा नीतिमा अनियमितता गरेको आरोपमा मार्च २२ देखि प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका छन् । उनलाई अदालतले अप्रिल १ सम्म हिरासतमा राख्न अनुमति दिएको छ । एजेन्सी

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया