दिल्लीकी मन्त्री आतिषीको खुलासा - भाजपामा नआए जेल जान तयार रहनु भन्ने धम्की आयो

काठमाडौँ - आम आदमी पार्टीकी नेता तथा दिल्लीकी मन्त्री आतिषीले भारतीय जनता पार्टीे (भाजपा) ले आफूलाई भाजपामा आउन आग्रह गरेको बताएकी छिन् । उनले भाजपाले कि भाजपामा आउन कि जेल जान तयार रहन भनेको खुलासा गरिन् ।
उनले भनिन्, 'भाजपाले राजनीतिक करियर बचाउनको लागि भाजपामा अबद्ध हुन नभए कुनैपनि बेला पक्राउ पर्न तयार रहनु भनेर धम्की दिए ।'
दिल्लीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आतिशीले आफूलाई भाजपाले आफ्ना नजिकका सहयोगीहरूमार्फत पार्टीमा प्रवेश गर्नसमेत आग्रह गरेको बताएकी छिन् ।
उनले आम आदमी पार्टीको एक जना सिपाही रहुञ्जेल देशका लागि लडिरहने प्रतिबद्धता जनाइन् । भाजपाले एक व्यक्तिको जेल हाले दशौं हजार मानिस अरविन्द केजरीवालको यस लडाँइमा सामेल हुने उनको दाबी छ ।
केहीदिन अघि भारतको वित्तीय अपराध अनुसन्धान निकायले राजधानी दिल्लीका मुख्यमन्त्री तथा आम आद्मी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवाललाई पक्राउ गरेको थियो ।

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया