आम आदमीका सांसद सञ्जय सिंहलाई जमानतमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ - भारतको सर्वोच्च अदालतले आम आदमी पार्टीका नेता सञ्जय सिंहलाई जमानत दिएको छ । दिल्लीको मदिरा नीति र मनी लाउन्ड्रिङ मुद्दामा सञ्जय सिंहलाई गत अक्टोबर ४ मा पक्राउ गरिएको थियो ।
प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली मदिरा घोटाला मामिलामा सञ्जय सिंहको नाम आफ्नो चार्जशीटमा थपेको थियो । यस विषयमा सञ्जय सिंहले निकै हंगामा मच्चाएका थिए ।
ईडीको चार्जशीटमा सञ्जय सिंहमाथि ८२ लाख रुपैयाँको चन्दा लिएको आरोप छ । दिल्ली मदिरा नीति प्रकरणमा ईडीको दोस्रो पूरक चार्जशीट मे २ मा जारी गरिएको थियो। जसमा आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्डाको नाम पनि देखिएको थियो । यद्यपि उनलाई अभियुक्त बनाइएको छैन ।
दिल्लीको मदिरा नीतिमा भएको अनियमितता प्रकरणमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उपमुख्यमन्त्री मनिष सिसोदियासहितका नेताहरु अहिले पनि हिरासतमा रहेका छन् ।

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया