राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता

नयाँदिल्ली - भारतमा आगामी लोकसभाका लागि हुन लागेको आमनिर्वाचनका लागि विपक्षी नेता राहुल गान्धीले केरलाको वायनाडबाट उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ताका क्रममा गान्धीका हजारौं समर्थक उनकै साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । गान्धी परिवारको लामो विरासत बोकेका ५३ वर्षीय राहुल गान्धीको काँग्रेस आई पार्टी पछिल्ला दुई आमनिर्वाचनमा नराम्रोसँग पराजित भएको थियो ।
यस पटकको चुनावमा पनि भारतीय जनता पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीसामु काँग्रेस आई कमजोर रहेको अनुमान गरिएका छन् । मोदी विरोधी मोर्चाको नेतृत्व गरिरहेका राहुल गान्धीलाई यसपटक पनि बहुमत ल्याउनु फलामको च्यूरा चपाएसरह रहेको छ ।
तैपनि दक्षिणी राज्य केरलाको वायनाडमा उनको समर्थनमा धेरै मानिस उपस्थित भएका छन् ।
बहिनी प्रियंका गान्धी सहित वायनाड पुगेका राहुल गान्धीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूले आमजनतालाई आफ्नै परिवारसरह मान्ने गरेको बताएका थिए ।
वायनाडमा यो उनको दोस्रो उम्मेदवारी हो । उनी सन् २०१९ मा यही क्षेत्रबाट लोकसभा सांसदमा निर्वाचित भएका थिए । तर केही समयअघि उनले प्रधानमन्त्री मोदी लक्षित गलत टिप्पणी गरेको आरोपमा अदालतको आदेशबाटै सांसद पद गुमाएका थिए ।
भारतमा आगामी अप्रिल १९ बाट छ हप्ता लामो शृंखलाबद्ध चुनाव हुँदैछ जसमा झण्डै एक अर्बले मतदान गर्नेछन् ।
रासस

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया